राति राष्ट्रपतिकोमा के के सल्लाह गरे सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले ?


सहमति नभए प्रक्रियामा जानै पर्छ –सत्ता पक्ष ÷सहमतिको विकल्प छैन– प्रतिपक्ष

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????राष्ट्रपति डा रामवरण यादवले संविधान निर्माण प्रक्रियामा भइरहेको ढिलाइका बारेमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग चासो व्यक्त गर्नुभएको छ । संविधान जारी गर्ने समय थोरै मात्र बाँकी रहेपनि दलहरुबीच सहमति जुट्न नसकिरहेको बेला हालसम्म भएका प्रगतिका बारेमा राष्ट्रपतिले शीर्ष नेताको धारणा बुझ्ने प्रयास गर्नुभएको हो । राष्ट्रपति डा यादवले अन्तरिम संविधानको भावनाअनुसार सहमतिमा नै जनताका सामु गरेको प्रतिवद्धता पूरा गर्न समेत प्रमुख दलका नेतालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसवादी दलका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै गर्नुभएको छलफलमा राष्ट्रपति डा यादवले मुलुकलाई द्वन्द्वमा नलैजान, विगतका सहमति तथा सम्झौतालाई आत्मसात् गर्न र प्रतिवद्धता पूरा गर्न सचेत गराउनुभएको थियो । सत्तारुढ दललाई राष्ट्रपतिले ठूलो छाती गर्न आग्रह गर्नुभएको थियो भने विपक्षी दललाई सहमतिको आधार के हुन सक्छ प्रस्तुत गर्न ध्यानाकर्षण गराउनुभएको छलफलमा सहभागी नेताहरुले जानकारी दिनुभएको छ । राष्ट्रपति डा यादवले जनतालाई आश्वस्त पार्न र संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको छ भन्ने जानकारी गराउन पनि केही न केही गर्न ध्यानाकर्षण गराउनुभएको थियो । ‘विवादित विषय जहाँको तही हुनु राम्रो कुरा भएन, केही न केही त जनताले आशा गर्ने ठाउँ हुनुप¥यो’ भन्दै राष्ट्रपति सत्तापक्ष र प्रतिपक्ष दुवैलाई सचेत गराउनुभएको छलफलमा सहभागी नेताहरुको भनाइ छ । छलफलको सुरुवाती सत्तापक्षका नेताहरुबाट गर्नुभएका राष्ट्रपतिले सहमतिको आधार के हुन सक्छ, कति समयमा सहमति हुन सक्छ भनेर जिज्ञासा राख्नुभएको थियो । यस्तै सहमति हुन नसक्नाको कारण के हो, किन प्रतिवद्धता पूरा भएनन्, कति समयमा सहमति हुन सक्छ त्यसको ठोस आधार प्रस्तुत गरेर छलफल गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपतिको जिज्ञासामा सत्तापक्षका शीर्ष नेताले सहमतिको प्रयास जारी रहेको तर सहमति नै नभएको अवस्थामा त प्रक्रियामा जानुपर्ने धारणा राख्नुभएको थियो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भन्नुभयो ‘‘राष्ट्रपतिले सहमतिको प्रयत्न अन्तिम समयसम्म गर्न आग्रह गर्नुभयो, हामीले त्यसलाई जारी राखेको जानकारी गरायौँ ।’’ उपसभापति पौडेलकाअनुसार सहमति नभएको अवस्थामा पनि मुलुकलाई द्वन्द्वबाट बचाउन र पूर्वप्रतिवद्धतालाई कार्यान्वयन गर्न राष्ट्रपतिले ध्यानाकर्षण गराउनुभएको थियो । एमाओवादीले शासकीय स्वरुपमा सहमति जनाए अरु विषयमा सहमति गर्न आफूहरु तयार रहेको जानकारी सत्तापक्षका शीर्ष नेताहरुले गराउनुभएको थियो । राज्य पुनःसंरचनाको विषयमा विवाद बढ्ता देखिएपनि समाधान गर्ने आधारहरु रहेको भन्दै काँग्रेस, एमालेका शीर्ष नेताले दुवै पक्षलाई मान्य हुने आधार खोज्न आफूहरु प्रयत्नशील रहेको समेत राष्ट्रपति डा यादवलाई गराउनुभएको थियो । निर्वाचन प्रणाली, न्याय प्रणालीमा त सहमति जुटिसकेको छ । केही सामान्य विषयले मात्रै सहमतिमा हस्ताक्षर गर्न बाँकी रहेको जानकारी राष्ट्रपतिलाई गराइएको थियो । ???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????उपसभापति पौडेलले पनि सहमतिमा नै विवादित विषयलाई अन्तिम निष्कर्ष दिन प्रयत्नशील रहेको सञ्चारकर्मीलाई बताउनुभयो । सहमतिको प्रक्रियाबाट बाहिर नजानुस् भन्ने राष्ट्रपतिको सुझाव रहेको भन्ने जानकारी दिँदै एमालेका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो ‘‘जनआन्दोलनकारी शक्तिको बीचमा मनमुटाव होइन, आपसी विश्वासको आवश्यकता रहेको छ, त्यसमा ध्यान दिनुपर्छ भन्नेमा राष्ट्रपतिको विशेष चासो थियो ।’’ उहाँले सहमतिका लागि हदैसम्मको प्रयत्न गर्दा पनि निकास निस्कन नसकेकाले आफूहरु विकल्पमा जान खोजेको बताएको जानकारी दिनुभयो । एमाओवादी र मधेसवादी दलले भने सहमतिको प्रक्रिया जारी रहेको बेला सत्तारुढ दलले नै प्रक्रियाको कुरा गरेको भन्दै त्यसमा आफूहरु सहमत हुन नसकेको बताएका थिए । काँग्रेसका नेता शेरबहादुर देउवाले भने दलहरुबीच सहमति हुन नसकेकाले अन्तरिम संविधान २०६३ को ‘अन्तरिम’ शब्द झिेकर त्यही संविधान जारी गर्न सकिने धारणा आफूले राखेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो ‘‘सहमतिबाटै संविधान जारी गर्नुपर्छ र विगतको सहमति र सम्झौतालाई अक्षरशः कार्यान्वयन गरिए अन्तिम निष्कर्ष निस्कन्छ भन्ने धारणा राख्यौ ।’’ ‘‘राष्ट्रपतिले मुलुक र जनअपेक्षा पूरा गर्न आग्रह गर्नुभयो र सहमतिको विकल्प नभएको समेत बताउनुभयो’’ छलफलका क्रममा केन्द्रीत भएका विषयवस्तुका बारेमा  जानकारी दिँदै उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘‘तोकिएको समयमा संविधान जारी हुन नसक्नाको कारण के हो, सहमति कहिले कसरी हुन्छ भन्ने नै उहाँको प्रमुख चासो थियो ।’’ मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जनताको भावनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गर्नुभएको जानकारी दिनुभयो । ‘‘संविधान निर्माणका लागि नेपाली जनताले ठूलो त्याग र बलिदान गरेका छन्, त्यो बलिदानलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुस् भनेर राष्ट्रपतिले बोलाउनुभएको रहेछ, हामीले आफ्ना कुरा राख्यौँ’’ अध्यक्ष गच्छदारले भन्नुभयो ।

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?