मनकामना केबुलकार पोखरा कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई


footballकास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनोकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा पोखरा रङ्गशालामा भएको मनोकामना केबुलकार, पोखरा कप फुटबल प्रतियोगितामा सडेन देथको आधारमा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । फाइनल खेलमा नेपाल पुलिस र थ्रिस्टारबीचको खेलमा निर्धारित समयमा दुवै पक्षबीच एक÷एक गोल भएको र थपिएको १५ मिनेटमा दुवै पक्षबीच कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा लगिएको थियो । टाइब्रेकरमा दुवै पक्षबीच तीन÷तीन गोल भएपछि खेल सडेन देथमा गएको थियो । नेपाल पुलिस क्लब विजेता बनेपछि रु तीन लाख ५५ हजार र ट्रफी र उपविजेता थ्रिस्टारले रु दुई लाख एक हजार र ट्रफी प्राप्त गरेको थियो । गत पुस २२ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विदेशी टोली र स्थानीय टोली गरी १२ टोलीको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]