श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा पत्नी स्वेता खड्काको भावुक शुभकामना सन्देश (पत्रसहित)


swetaनायिका स्वेता खड्का यतिबेला आराम गरिरहेकी छिन्। पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनी यतिबेला केही नगरी बसेकी छिन्। डिसेम्बर ३१ तारिखका ेदिन श्रीकृष्णको जन्मदिनको अवसरमा उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत अब विस्तारै काममा फर्कने र पतिको सपना साकार पार्ने बताएकी छिन्। उनले आपूm सदैव श्रीकृष्ण श्रेष्ठकै पत्नी भएर बस्ने पनि अठोट व्यक्त गरेकी छिन्। उनको स्ट्याटस जस्ताको तस्तै
:::::::::::::::::::::::::::::::::::::::::::::::::::
“यो जीवनमा हजुर र म शारीरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईनक्ष् हजुरले बारम्बार भनेको कुरा ( जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ , अनेकौं कोशिज गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन।

हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो। तर, मैले अझैपनि वास्तविकता स्वीकार्न सकेको छैनक्ष् बिहान उठ्दा सबै कुराहरु ठीकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ, त्यो त मात्र रातपरेपछि थाहा हुनेरहेछ अर्थात राति सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ, यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछक्ष्

लामो समयको मेहेनत, माया नै मायाले भरिएको विश्वास, हिमालभन्दा स्वच्छ र सफा हाम्रो मन, आकाशभन्दा फराकिलो र समुन्द्रभन्दा गहिरो हामी दुई बीचको माया प्रेमलाई जुनिभरि संँगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियोक्ष्

हजुरले म प्रति गरेको माया, बिश्वास, साथ र त्याग म मेरो मन मस्तिक्क्षमा जीवनभरि बोकेर हिँड्नेछु र त्यही मायालाई एउटा मेरो जिउने आधार बनाउने छुक्ष् मलाई पूरा विश्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आशिर्बाद दिईरहनुहुनेछक्ष्

मेरो माया सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ। किनकि, मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छक्ष् आजको यो महत्वपूर्ण दिन, हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान, मेरो जिन्दगी, मेरो ढुकढुकी हजुरलाई सम्झेर( केवल हामीले सँगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छुक्ष् एकै छिनमा हाँस्न थाल्छु, छिनमै रुन अनि आत्तिन पुग्छु। तर, फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिश गरेको छु किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो माया कहिल्यै घट्ने छैन केवल बढिरहने छक्ष्

आजभन्दा पहिलाको जन्मदिनहरुमा म हजुरसामू उपहारहरु लिएर उपस्थित हुन्थेँ तर, माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनुको सट्टा उल्टै हजुरसँग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छुक्ष्

हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन, म रातदिन सुत्न परेको छ, मलाई सन्चो भएको छैन, मैले जति कोशिज गरेपनि म उठ्न सकेको छैन, प्लिज मलाई हजुरले शक्ति दिनुहोला, छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला, हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन, मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो संग आफ्नै शरीर सम्हाल्न सकेको छैनक्ष्

प्लिज मलाई साथ दिनुहोस र छिटै निको बनाएर अघि बढाईदिनुहोस् यही उपहार मागे मैले हजुरको यो जन्मदिनमाक्ष् हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचि रहनेछु यही छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामनाक्ष्

हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मीय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचिरहने छु ।। यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]