१० सुन्दरीलाई पछि पार्दै किंगफिशर सुपरमोडल २ को उपाधि जितिन् आस्था पोखरेलले (फोटोफिचरसहित)


astha pokhrel1  नेपाली मोडल आस्था पोखरेलले विभिन्न देशका १० सुन्दरीलाई पछि पार्दै भारतको किंगफिशर सुपरमोडल २ को उपाधि जितेकी छिन् । उनले अब किंगफिशरले निर्माण गर्ने २०१५ को ग्ल्यामर क्यालेण्डरमा आउने मौका पाउनेछिन् । भारतमा ग्ल्यामर दुनियाँमा यो क्यालेण्डरमा आउनुलाई निकै नै प्रतिष्ठाको विषय मानिन्छ । किनकि, यसअघि पनि यस क्यालेण्डरमा धेरै चर्चित मोडलहरु आइसकेका छन् । नेहा धुपियाले मोडलहरुलाई तालिम दिएकी थिइन् भने करिब १३ एपिसोडपछि टप ४ मोडल छानिएको थियो । जसमा आस्थाले सबैलाई पछि पार्दै उपाधि जितिन् । उनले यो उपाधि आफ्नो निम्ति निकै अर्थपूर्ण भएको बताएकी छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?