विप्लबले उतारे मानव भेल काठमाडौंमा, प्रतिरोधमा पार्टी फुटाएको जिकिर


biplobनवगठित नेकपा माओवादीका संयोजक नेत्रबिक्रम चन्दले राष्ट्रिय स्वाधीनता र उत्पीडित जनताको अधिकारका लागि क्रान्ति गर्ने उद्घोष गर्नुभएको छ । एकसय बाइसौँ माओ दिवसका अवसरमा नेकपा माओवादी राष्ट्रिय सम्मेलन आयोजक समितिले आज खुल्ला मञ्चमा आयोजना गरेको राजनीतिक सभामा उहाँले आफूहरूले शान्ति चाहे पनि एकपक्षीय ढङ्गले पेलेर अघि बढ्न खोजेकाले त्यसको प्रतिरोधमा उत्रन बाध्य भएको बताउनुभयो । माओवादी शान्तिका लागि काठमाडौँ छिरेको तर नेतृत्वले धोका दिएपछि पार्टी छिन्नभिन्न भएको बताउँदै नेता चन्दले थप्नुभयो–“राष्ट्रिय स्वाधीनता र पिछडिएका, उत्पीडित, श्रमजीवी जनताको मुक्तिका लागि अन्तिम लडाइँ लड्नुपर्ने बाध्यता भएको छ, अहिले दलका नेताहरूको व्यवहारले देशको अवस्था र जनताको निरासाप्रति हामीलाई दुःखित तुल्याएको छ ।” “हामीले शान्तिको हात मिलायौँ, हाम्रा हतियार खोसेर थन्क्याइयो अनि काठमाडौँ ल्याएर हामीविरुद्ध युद्ध छेडियो । माओवादीलाई सखाप पार्न देशी विदेशी शक्ति लागिपरेका छन् । हामी बाध्य भएर अहिलेको अवस्थामा आइपुगेका हौँ”–नेता चन्दले भन्नुभयो । ार्यक्रममा नेकपा माओवादिका नेता धर्मेन्द्र वाँस्तोलाले संसदीय दलहरूले विगतमा भएका सहमति उल्लङ्घन गरी शान्ति प्रक्रियाबाट पछि हटे त्यसको ठूलो मूल्य चुकाउन बाध्य हुने चेतावनी दिनुभयो । यसअघि माओवादीले राजधानीका विभिन्न स्थानबाट ¥याली निकालेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]