पशुपतिनाथको दर्शनपछि कमेडियन कपिल शर्मा आज मुम्बई फर्कदै, कार्यक्रम रद्द भएपनि भ्रमण रद्द गरेनन् कपिलले


kapil in ktmव्यस्त शेड्यूलमा नेपालको कार्यक्रमलाई मिसाएका कपिल शर्माले आपूm अन्तिम समयमा कार्यक्रम रद्द भएपनि आराम गर्न र श्रीपशुपतिनाथको दर्शन गर्नका लागि काठमाडौं आएको प्रतिक्रिया दिएका छन् । शनिबार आइपुगेका उनले भने, मेरो घर अमृतसर जान तीन घण्टा लाग्छ यहाँ आउन मात्र २ घण्टा, त्यसैले मलाई यो घरभन्दा नजिक लाग्छ । नेपाल मेरो मनमा घरभन्दा नजिक छ । शनिबार साँझ एफ्टर पार्टी कार्यक्रम राखिएको थियो होटल र्याडीसनमा जहाँ देशका प्रतिष्ठित व्यक्तित्वहरुलाई बोलाइएको थियो । आयोजकले कन्सर्ट हुन नसके पनि यो कार्यक्रम भने रद्द गरेनन् । यसैकारण कपिललाई भेट्नका निम्ति मिडियाका साथै अन्य विभिन्न निम्तालुहरु त्यहाँ थिए । उनीहरुबीच निकै खुलेर कुरा गरेका कपिलले आफ्नो प्रष्टीकरण सर्वोच्च शिखर सगरमाथाको बारेमा पनि दिए । आज विहान कपिलले श्रीपशुपतिनाथको दर्शन गरेका छन् भने केही ठाउँको भ्रमण गरेपछि उनी दिउँसो ३ बजेको फ्लाईटबाट मुम्बई जाँदैछन् । नेपालीहरुको मायाका निम्ति कपिलले धन्यवाद दिएका छन् । उनी भन्छन्, मलाई थाहा छ यहाँ मेरो शो मन पराउने धेरै हुनुहुन्छ । यसैले म तपाईंहरुको निम्ति छिट्टै अर्को कार्यक्रम लिएर आउनेछु । खुब रमाइलो गर्नुपर्छ । एक अर्को प्रसंगमा उनले कार्यक्रम स्थगित हुने कारणबारे आपूm विश्वस्त भएको बताए, सुरक्षाको कारण स्थगित गरिएको हो । त्यहाँ विभिन्न निर्माण सामग्रीहरु जम्मा गरिएको रहेछ । यदि भागदौड भयो भने त यसले बर्बादै हुन्थ्यो । सबैभन्दा पहिलो कुरा सुरक्षा हो त्यसपछि मनोरञ्जन त भइहाल्छ नि । उनको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?