गीतकार अधिकारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, अञ्जु पन्तलाई संगीत रत्न एवार्ड, सिड्नीका राजकुमार गोश्वामीलाई नवप्रतिभा एवार्ड 


anju panta dinesh rajkumarबिन्दवासिनी म्युजिक प्रालिले गीतकार दिनेश अधिकारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ । पाँचौँ बिन्दवासिनी म्युजिक अवार्ड–२०७१ मा गीत सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अधिकारीलाई सो अवार्ड प्रदान गरिएको हो । विसं २०१७ मा जन्मनुभएका अधिकारीले ५०० भन्दा बढी गीतको रचना गरिसक्नुभएको छ । उहाँका गीत तथा कविताका १५ एल्बम बजारमा आइसकेको छ । अधिकारीले २०४० सालमा मदन पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ । ‘रत्नश्री’, ‘युगकवि सिद्धिचरण’, ‘युवाकवि मोतिराम’लगायत सम्मानसमेत उहाँले थापिसक्नुभएको छ । नेपाल सरकारका सचिवको रूपमासमेत उहाँले आफ्नो जिम्मेवारी पूरा गरिसक्नुभएको छ । कार्यक्रममा गायिका अन्जु पन्तलाई ‘सङ्गीत रत्न अवार्ड’ द्वारा सम्मान गरियो । सुमधुर स्वरकी धनी पन्तले पाँच हजारभन्दा बढी गीतमा आफ्नो स्वर भरिसक्नुभएको छ । एकसय पचास नेपाली चलचित्रमा समेत उहाँको स्वर रहेको छ । ‘छिन्नलता’, ‘नारायणगोपाल’जस्ता राष्ट्रिय तथा अन्य सम्मानबाट समेत उहाँ सम्मानित भइसक्नुभएको छ । उहाँलाई रु १५ हजार ५१५ सहित सो सम्मान गरिएको हो । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट लोकदोहोरी भाका, लोकदोहोरी गायक, गायिका, सर्वोत्कृष्ट पाश्र्वगायन गायक, गायिका, नवप्रतिभा, सर्वोत्कृष्ट ध्वनी मुद्रणजस्ता करिब दुई दर्जन विधाका सर्वोत्कृष्ट कलाकारलाई पुरस्कृत गरिएको थियो । प्रालिका अध्यक्ष लीला शर्मा रेग्मीले स्रष्टाको बौद्धिक सम्पत्तिको संरक्षण र रोयल्टीको अधिकारका लागि प्रालि सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । यसैबीच, सिड्नीका गायक राजकुमार गोश्वामीलाई नवप्रतिभा एवार्ड प्रदान गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]