जब एनाकोन्डाको शरीरभित्र एउटा ज्यूँदो मानिस प्रवेश गर्ने अभियान असफल भयो

यो पृथ्वीमा रहेको ठूलो सर्प नै एनाकोन्डा हो । यसले मानिस या मानिस जत्रो कुनैपनि जीवलाई सग्लै निल्न सक्दछन् । यसपछि के हुन्छ ? निल्नु अघि उसले के गर्छ ? यसको धेरैवटा भिडियो बनेका छन् । तर, एउटा यस्तो अद्भूत काम गएको साता भएको छ, जसलाई विश्वभर हेरिएको छ र आश्चर्यपूर्ण नजरले हेरिएको छ । हो, हामी यहाँ चर्चा गर्दैछौं मिसन, ईटन एलाईभ अर्थात् खाईएको जिउँदो । पर्यावरणविद् पौल रोजोलीले एउटा तयारी गरे । उनी विशेष प्रकारको सुट लगाएर एनाकोन्डाको मुखबाट शरीरमा जान चाहन्थे र यो सबै भिडियोमा खिच्न पनि चाहन्थे । र, यो तयारी गरिएको थियो निकै लामो समयदेखि । यसै अनुसार गत आइतबार उनले पेरुको एमेजन जंगलमा यो कार्य सम्पन्न गरे । डर थियो, खानुअघि एनाकोन्डाले जसरी च्यापेर जीवलाई मार्दछ । त्यो सहन गर्न सकिने हो कि होइन । किनकि यसको परीक्षण भएको थिएन । तर, एउटा विशेष प्रकारको पोशाकमा गएका उनलाई सुरुमा त एनाकोन्डाले वास्ता नै गरेन । तर, जब त्यहाँ चल्मलाउँदै भाग्न खोजेको जस्तो गर्न थालेपछि भने उसले ध्यान दियो र बेरिन थाल्यो । यसपछि उसले टाउकोतिरबाट निल्न सुरु गर्यो । र, शरीरलाई जकड्न पनि । तर, केही समयमै उनले यो प्रयासमा आफ्नो ज्यान जाने कुरा पत्ता पाए । उनले तत्कालै सञ्चारबाट आपूmलाई रेस्क्यु गर्न भने । तर, धेरैजना पुगेर त्यहाँ उनलाई एनाकोन्डाको जालबाट छुटाए । यस घटनापछि धेरैले मुख्र्याईपूर्ण काम भनेका छन् । र, एनाकोन्डालाई बचाउने होइन उसको जीवन नै खतरामा पारेका पनि बताएका छन् । कतिपयले यो च्यानलको रेटिंग बढाउने स्टन्ट भनेका छन् ।