१२ औँ पर्वतीय फिल्म महोत्सव किम्फ काठमाडौंमा सुरु, पाँच दिनसम्म चल्ने, २० मुलुकका ८० चलचित्र देखाइने


kimffमुगुका १३÷१४ वर्षका युवतीहरूको फुटबल टोलीले दिलाएको कथा समेटेर बनाएको ‘सुनाकली’ को प्रदर्शनसँगै काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)सुरु भएको छ । बाह्रौं संस्करणअन्तर्गत विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहकार्यमा हिमाल एसोसिएसनले आयोजना गरेको सो फिल्म महोत्सव पाँच दिनसम्म चल्नेछ । भोजराज भाटले निर्देशन गर्नुभएको सुनाकलीमा सुनाकली नामकी एक पात्रलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । सो फुटबल टोलीले कैलालीमा भएको प्रतियोगितामा काठमाडौँलगायतका विभिन्न जिल्लाको टोलीमाथि विजय हासिल गरी पुनः मुगु फर्केको कथा सो चलचित्रमा रहेको छ ।   महोत्सवमा विभिन्न २० मुलुकका ८० चलचित्र देखाइनेछ । यसका लागि विभिन्न मुलुकका ३५ जना प्रतिनिधिको समेत सहभागिता छ । कमल पोखरीस्थित रुसी साँस्कृतिक केन्द्र र कुमारी हलमा चलचित्र देखाइने किम्फका अध्यक्ष वसन्त थापाले बताउनुभयो । यसपटक डब्लुडब्लुएफले ‘सर्ट मुभि’ अन्तर्गत १० चलचित्रलाई प्रतिस्पर्धामा उतार्नेछ । यस्तै नेपाली पानोरमा संस्करणमा १४ वटा चलचित्र प्रतिस्पर्धामा रहनेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दश चलचित्र भिड्नेछन् । महोत्सवमा ४५ चलचित्र भने अप्रतिस्पर्धी रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]