बोको हरामले नाइजेरियाको बजारमा आक्रमण गरे


bokoनाइजेरियाको उत्तरपूर्वी सीमावर्ती नगरको एक भीडयुक्त बजारमा व्यापारीका रूपमा आएका बोका हराम बन्दुकधारीले सोमबार जथाभावी गोली चलाएको जानकारी सैनिक अधिकारी तथा स्थानीय अधिकारीले दिएका छन् । उक्त घटनाका विषयमा जानकारी भएका एक वरिष्ठ अधिकारीले उक्त घटनामा मर्ने व्यक्तिको सङ्ख्या यकिन भन्न नसकिने बताए । ती बन्दुकधारीहरूले स्थानीय समयअनुसार बिहानको ११ः०० बजे गोली प्रहार गर्न थालेको बताइएको छ । नाइजरसँगको सीमानजिकै बोर्नो राज्यको दामासाकमा एक बजारमा व्यापारीको रूपमा आएका आतङ्कवादीहरूले अन्य व्यापारीमाथि गोली प्रहार गर्न थालेको ती अधिकारीले बताए । स्थानीय प्रशासनसँग काम गर्ने मोहम्मद दामासाकले आतङ्कवादीले आफ्नो हतियार बाकसमा लुकाएको र बजारमा ल्याएको जानकारी दिए । दामासाकले आतङ्कवादी व्यापारीको रूपमा आएको र आतङ्क मचाएको बताए । उनले धेरै व्यापारी घाउ लिँदै भाग्दै गरेको देखिएको र धेरै लड्दै बजारमै मर्दै गरेको पनि देखिएको बताए ।  बोको हरामले नाइजेरियाको उत्तरी भागमा कडा इस्लामिक राज्य स्थापना गर्न प्रयास गरिरहेको छ । यस समूहले साताको अत्यमा दोरोन बागा नगरमा यस्तै प्रकारको आक्रमण गरेको र त्यसमा ४८ व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ । हाल बोको हरामले आफूलाई आफ्नो नियन्त्रणमा लिइएको क्षेत्रमा विद्रोही सरकारको रूपमा स्थापना गर्ने र त्यहाँका जनतालाई उनीहरू आफ्नो इस्लामी राजमा शान्तिपूर्ण रूपमा बाँच्न पाउने भनी आश्वस्त पार्न खोजिरहेको देखिएको छ । यसैले निरन्तर रूपमा हिंसाग्रस्त यस क्षेत्रमा हाल हिंसामा केही कमी आएको देखिएको छ । विशेषज्ञहरूले यस लडाकू समूहमाथि सैनिक दबाब पर्न थालेपछि उनीहरूले मानवहत्या गर्ने आफ्नो काम पुनः निरन्तर राख्ने बताएका छन् । बोको हराम विद्रोहका कारण यस मुलुकमा सन् २००९ देखि हालसम्म १३ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]