निर्णयको सामाजिक काम, सहयोग गर्न अष्ट्रेलियावासी नेपालीलाई आग्रह


nirnayaआफ्नो लागि त सबैले बाँच्छ अर्काको निम्ति र अझ अर्काको सफलताको निम्ति काम गर्नु नै जीवनको सार्थकता हो । शायद यही विषयलाई बुझेका छन् हिपहप गायक निर्णयले उनी यतिबेला मेलबर्नको कार्यक्रम सकाएर सिड्नीमा छन् । नेपहप नाईटका निम्ति आएका उनी आइतबारदस्वदेश फर्कनेछन् । तर, यही मेसोमा उनी आफ्नो शिक्षा टूरको विषयमा पनि जानकारी गराइरहेका छन् । जेहेन्दार तर गरिब, आफ्नो पढाईका निम्ति कसैको भर पर्नुपर्ने बालबालिकाहरुको निम्ति उनले सञ्चालन गरेको अभियानलाई सार्थकता दिनका निम्ति सहयोगी हातहरु उनले फेला परिरहेका छन् । सानै भएपनि सहयोग प्राप्त भएको र यसले आपूmलाई उत्साही बनाएको उनको भनाई छ । एक कापी, एक पेन्सील, एक सार्पनर, तीन करोड जनसंख्या, एक रुपैयाँ सहयोग, हामी परिवर्तन गर्न सक्छौं भन्ने अठोट लिएका उनले नियमित रुपमा सफलता एचआईभी शिक्षा सदनको सञ्चालनमा पनि हात बढाईरहेका छन् । निर्णयको यस अभियानका विषयमा हामी एमएनटीभीमा उनको अन्तर्वार्ता प्रस्तुत गर्दैछौं । तपाईंले पनि यो समाजसेवाको निम्ति आफ्नो सहयोग प्रदान गर्ने होइन त ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]