एमाले उपाध्यक्षले मागे भट्टराईको राजीनामा, छलफल नगराए पदमा बस्ने हैसियत नरहने जिकिर


bhim rawalनेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले बैठक नबोलाउने भए संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पद छाड्नुपर्ने बताउनुभएको छ । यहाँ आयोजित साक्षात्कारमा उहाँले डा भट्टराईले काँग्रेस र एमालेसहितको दलले पेस गरेको प्रस्तावलाई प्रक्रियामा नलागेमा र तत्काल बैठक नबोलाए आफूहरूले लिखितरूपमै दबाबपत्र पेस गर्ने बताउनुभयो । सांसद रावलले भन्नुभयो–हामीहरूले पेस गरेको साझा प्रस्तावमाथि छलफल हुनुपर्छ, तत्काल बैठक नबोलाएर आलटाल गरे हामीहरू दुई तिहाईभन्दा बढी सभासद्को हस्ताक्षरसहितको लिखित दबाबपत्र पेस गर्छाैँ । नेपाली काँग्रेसका नेता गोपालमान  श्रेष्ठले आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्ने सर्तमा आफूहरू आठ प्रदेशमा जानसमेत तयार रहेको स्पष्ट पार्दै कांग्रेस र एमालेको साझा धारणामा आशङ्का नगरी प्रस्तावमा छलफल गरेर सहमति खोज्न एमाओवादीलाई आग्रह गर्नुभयो । एमाओवादी)का नेता शक्तिबहादुर बस्नेतले कांग्रेस र एमाले सहमतिबाट पछि हटेर संविधान निर्माणमा बाधक बनेको आरोप लगाउँदै संविधान जारी गर्न अहिले सहमति नै आवश्यक रहेकामा जोड दिनुभयो । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले काँग्रेस–एमालेले दुई तिहाई बहुमतबाट संविधान जारी गरे मुलुकमा स्थायी शान्ति कायम हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]