युवाले दबाब दिए समयमै संविधान ल्याउन सकिने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भनाई


narayankajiएकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन दलका युवा सङ्घ÷सङ्गठनका पदाधिकारीलाई माघ ८ भित्र संविधान जारी गर्नका लागि दबाब सिर्जना गर्न आग्रह गर्नुभएको छ । ललितपुरको हात्तीवनस्थित आफ्नै निवासमा चियापानको आयोजना गरी उहाँले निर्धारित समयभित्र संविधान जारी हुने सम्भावना न्युन हुँदै गएको हुनाले त्यसका लागि युवा सङ्गठनले चासो लिनुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “तोकिएको मितिमै संविधान जारी हुन नसके मुलुकमा संकट उत्पन्न हुन्छ, देशलाई उन्नति र प्रगतितर्फ अगाडि बढाउन समयमै संविधान जारी गर्नुको विकल्प छैन ।” युवा सङ्घ नेपालका कार्यवाहक अध्यक्ष निरु पालले युवा सङ्गठनका तर्फबाट तोकिएको मितिमै संविधान जारी गर्न तीन दलको बैठकमा स्पष्ट कुरा राख्न नेता श्रेष्ठलाई आग्रह गर्नुभयो । योङ कम्युनिस्ट लिगका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्मा र तरुण दलका केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले युवाहरू मिलेर संयुक्तरुपमा चेतावनी दिने खालको कार्यक्रम गर्नु जरुरी भएको धारणा राख्नुभयोे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]