नेपाली क्रिकेटमा अर्को फड्को, डिभिजन थ्रीको उपाधि नेपालको हातमा


cricket1आइसिसि विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि नेपालले जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९।५ ओभरमा सबै विकेट गुमाएर २२३ रनको लक्ष्य युगाण्डा सामू तेस्र्याएको थियो। २२४ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको युगान्डा ४४।१ ओभरमा १६१ रनमा समेट्न बाध्य पारे नेपाली क्रिकेटरहरुले। यस नतिजाका लागि भुवन कार्कीले सर्वाधिक ४ विकेट लिए। ८ ओभर बलिङ गरेका कार्कीले ३९ रन खर्चिए। यस्तै बसन्त रेग्मीले २ तथा सोमपाल कामी, शक्ति गौचन र सागर पुनले समान एक(एक विकेट लिए। नेपालका लागि तीन खेलाडीले अर्धसतक प्रहार गरेका थिए।
नेपालले आयोजक मलेसियालाई पराजित गर्दै डिभिजन टु मा बढुवा भएको छ । शीर्षस्थान हासिल गर्ने दुई टोली डिभिजन टु मा बढुवा हुने प्रावधान थियो । पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भएको थियो । युगान्डासँग २० रनले पराजित हुँदै मलेसिया यात्रा थालेको नेपालले त्यसपछि कुनै खेल गुमाएन। लिगको अन्तिम खेलमा बुधबार आयोजक मलेसियालाई डकवर्थ लुइस पद्धतिका आधारमा ३६ रनले हराएपछि नेपालले डिभिजन २ बढुवाको औपचारिकता पूरा गरेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]