चलचित्र सरी ल को सिड्नी प्रदर्शन, टिकट बिक्री सुरु


sorry laनिर्देशक ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र सरी ल आगामी नोभेम्बर २२ तारिखका दिन सिड्नीको हर्सभीलस्थित सिभिक थियटरमा प्रदर्शन हुने भएको छ । यसको अर्को प्रदर्शनी २९ तारिख पनि हुनेछ । एमएन अडियो भिजियुअलले प्रदर्शन गर्ने तयारी गरेको चलचित्रको टिकट बिक्री सुरु भएको संस्थाले जनाएको छ । २० डलर प्रतिव्यक्ति तोकिएको यस चलचित्रले सामाजिक कथावस्तुलाई समेटेको आयोजकले जनाएको छन् । मुख्यतः पछिल्लो समय युवा पुस्तामा कसरी फेसबुकबाट प्रेम र त्यससँगै अपराधिकरण भइरहेको छ भन्ने कुरालाई यसमा जोड्न खोजिएको छ । सन्देशसहितको पूरै परिबार बसेर हेर्न सकिने चलचित्र प्रदर्शन गरी नेपाली भाषा र चलचित्रलाई विदेशी भूमिमा रहेका नेपालीमाझ ल्याउने जमर्को गरेको एमएनएभीका सुमन सिवाकोटीका अनुसार यसको अनलाईन बुकिंगwww.ticketsnmore.com.au मा गएर गर्न सकिनेछ भने प्रत्यक्ष टिकट किन्नका लागि नजिकैको नेपालीहरुले सञ्चालन गरेका सुपरमार्केट र अन्य आउटलेटहरुमा सजिलै पाइनेछ । यस्तो छ चलचित्रको सिड्नी प्रोमो
https://www.youtube.com/watch?v=cxjLQ_d1aHs

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]