महात्रिशुल धारपानीको पाण्डेश्वर मन्दिरमा राखियो, तौल साँढे ६ हजार किलो

दाङको धर्ना गाविस–१ धारपानीमा रहेको पाण्डेश्वर मन्दिरमा लगभग साढे छ हजार किलो तौल भएको त्रिशूल रािखएको छ । पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले त्यहाँ विश्वमै ठूलो तौल भएको त्रिशूल राखिएको मन्दिर व्यवस्थापन समितिका संयोजक गणेशराज अधिकारीले जानकारी दिनुभयो । फलाम, पित्तल, तामा, सुन र चाँदीबाट तयार गरिएको त्रिशूल भालुवाङबाट शोभा यात्रासहित मन्दिर स्थल पु¥याइएको थियो । साढे ६ हजार किलो तौल र साढे ४२ फिट अग्लो त्रिशूल स्थापना कार्यक्रममा हजारौँ भक्तजनको उपस्थिति रहेको थियो । भालुवाङबाट निकालिएको शोभायात्रा लमही, घोराही हुँदै धारपानीमा पुगेको संयोजक अधिकारीले जानकारी दिनुभयो । उक्त त्रिशूल रु २२ लाखको लागतमा निर्माण गरिएको बताइएको छ ।